मेष
चू, चे, चो, ला, ली, लू, ले, लो, अ
मेषराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहेको छ । ११ औँ भावमा रहेको चन्द्रमाको प्रभावले काममा भएको अबरोध हटेर जानेछ । पेसा र व्यवसायमा वृद्धि हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिकपक्ष बलियो देखिन्छ ।
वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
वृषराशि हुने व्यक्तिहरूको आजको दिन उत्तम रहेको छ । १० औँ भावमा रहेको चन्द्रमाको प्रभावले काममा मन जानेछ । पेसा र व्यवसायमा सफलता मिल्नेछ । माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ ।
मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक देखिदैँन । ९ औँ भावमा रहेको चन्द्रमाको प्रभावले शरीरमा थकान महसुस गराउनेछ । भाग्य कमजोर बन्नेछ । काममा अबरोध सिर्जना हुनसक्छ । अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ ।
कर्कट
ही,हू, हे, हो, डा, डी, डू, डे, डो
कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन । ८ औँ भावमा रहेको चन्द्रमाको प्रभावले काम बिग्रन सक्नेछ । नयाँ कामको थालनी गर्दा विशेष सावधानी अपनाउनु पर्नेछ । अनावश्यक दौडधूप नगर्नुहोस् । मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् ।
सिंह
मा,मी, मू, मे, मो, टा, टी, टू, टे
सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक हुनेछ । ७ औँ भावमा रहेको चन्द्रमाको प्रभावले साझेदारीको काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा खुसी छाउनेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ ।
कन्या
टो,पा, पी, पू, ष, ण, ठ, पे, पो
कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । ६ औँ भावमा रहेको चन्द्रमाको प्रभावले प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रुहरू टाढा हुनेछन् । आर्थिक पक्षमा सुधार आउनेछ । खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ ।
तुला
रा,री, रू, रे, रो, ता, ती, तू, ते
तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिँदैन । ५ औँ भावमा रहेकोे चन्द्रमाको प्रभावले मनमा अन्योलता बढाउन सक्छ । मन खिन्न हुनसक्नेछ । साना बालबालिकाको सामिप्यताले खुसी बढाउनेछ । अध्ययनमा मन लगाउँदा राम्रो हुनेछ ।
वृश्चिक
तो,ना, नी, नू, ने, नो, या, यी, यू
वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन । ४ औं घरको चन्द्रमाको प्रभावले स्त्रीहरूसँग झगडा पर्न सक्छ । सवारी साधनमा समस्या आउनसक्छ । विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ ।
धनु
यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । ३ औं भावमा रहेको चन्द्रमाको प्रभावले काममा मन जानेछ । बाधा फुक्नेछ । मित्र र भाईहरूको साथ पाईनेछ । इच्छापूर्ति हुनेछ । यात्रा सफल रहनेछ ।
मकर
भो, जा, जी, खी, खू, खे, खो, गा,गी
मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन शुभ नहुनसक्छ । द्वितीय भावको चन्द्रमाको प्रभाव मनमा देखिनसक्छ । मनमा भारीपन आउनसक्छ । बोलिका कारण काम बिग्रनसक्छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ । बोल्दा बिचार पुर्याउनुहोला ।
कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो,दा
कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिन्छ । लग्नस्थानमा रहेको चन्द्रमाको प्रभावले मनमा प्रसन्नता थप्नेछ । काममा सफलता प्राप्त हुनेछ । शरीरमा उर्जा थपिन सक्नेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ ।
मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन । १२ औँ भावमा रहेको चन्द्रमाको प्रभावले मन उदास हुनसक्छ । धनमा क्षति हुनसक्छ । शरीरमा आलश्यता थपिनसक्छ । निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । यात्रामा अबरोध आउनसक्छ ।
पुनश्च
चन्द्रमाको गोचरअनुसारको सामान्य फल हो । तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि सक्छ ।
तपाईँको दिन शुभ रहोस् ।




.gif)





.gif)
