जनकपुरधाम । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण तथा सार्वजनिक स्थलमा अशान्ति फैलाएको आरोपमा प्रहरीले पर्सामा पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१७ केहुनिया र वडा नम्बर १९ स्थित बर्वा तिलावे पुलको छठघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का २७ वर्षीय पृथ्वी कार्की रहेका छन् ।त्यस्तै, बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मन्जुर हवारी पनि पक्राउ परेका छन् ।सार्वजनिक स्थलमा ठूलो आवाजमा डिजे बजाएर अशान्ति फैलाउने, ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालयमा राखी कानुनबमोजिम म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




.gif)



.gif)
