images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आईजीबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको...

आईजीबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

आईजीबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

images
images
मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • काठमाडौं ।  सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।२० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो । बुधबार एक न्यायाधीशको इलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

    images
    images

    सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend