images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ मंसिर ०१  गते...

आजको राशिफलः २०८३ मंसिर ०१  गते मङ्गलबार

आजको राशिफलः २०८३ मंसिर ०१  गते मङ्गलबार

images
images
मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • मेष
    चू, चे, चो, ला, ली, लू, ले, लो, अ
    मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन शुभ रहेको छ ।  कर्म भावमा रहेको चन्द्रमाको प्रभावले  काममा मन जानेछ ।   पेसा र व्यवसायमा सफलता मिल्नेछ । माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ । 

    images
    images

    वृष
    ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
    वृषराशि हुने व्यक्तिहरूको आजको दिन त्यति  सकारात्मक देखिँदैन । भाग्य भावमा रहेको चन्द्रमाको प्रभावले शरीरमा थकान महसुस गराउनेछ । भाग्य कमजोर बन्नेछ ।  काममा अबरोध सिर्जना हुनसक्छ ।  अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ । 

    मिथुन
    का, की, कू, घ, ङ, छ, के, को, ह
    मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक देखिदैँन । मृत्यु भावमा रहेको चन्द्रमाको प्रभावले  काम बिग्रन सक्नेछ ।  नयाँ कामको थालनी गर्दा विशेष सावधानी अपनाउनु पर्नेछ ।  अनावश्यक दौडधूप नगर्नुहोस् ।   मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् । 

    images
    images

    कर्कट
    ही,हू, हे, हो, डा, डी, डू, डे, डो
    कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक  रहेको छ । साझेदारी भावमा रहेको चन्द्रमाको प्रभावले साझेदारीको काममा  सफलता मिल्नेछ  । दाम्पत्य जीवनमा खुसी छाउनेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ ।  

    सिंह
    मा,मी, मू, मे, मो, टा, टी, टू, टे
    सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक हुनेछ । शत्रु भावमा रहेको चन्द्रमाको प्रभावले  प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रुहरू टाढा  हुनेछन् ।  आर्थिक पक्षमा सुधार आउनेछ ।  खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ । 

    कन्या
    टो,पा, पी, पू, ष, ण, ठ, पे, पो
    कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन । सन्तान  भावमा रहेकोे चन्द्रमाको प्रभावले मनमा अन्योलता बढाउन सक्छ । मन   खिन्न हुनसक्नेछ । साना बालबालिकाको सामिप्यताले खुसी बढाउनेछ । अध्ययनमा  मन  लगाउँदा राम्रो हुनेछ  ।

    तुला
    रा,री, रू, रे, रो, ता, ती, तू, ते
    तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिँदैन ।   ४ औं  घरको चन्द्रमाको प्रभावले  तपाईंको दिन त्यति  सकारात्मक नहुनसक्छ  ।  स्त्रीहरूसँग झगडा   पर्नसक्छ ।  विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । 

    वृश्चिक
    तो,ना, नी, नू, ने, नो, या, यी, यू
    वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहेको छ   । ३ औं भावमा रहेको चन्द्रमाको प्रभावले  काममा मन जानेछ । बाधा फुक्नेछ ।  मित्र र भाईहरूको साथ पाईनेछ ।  इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ । 

    धनु
    यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
    धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति  सकारात्मक देखिदैँन । मारक भावको  चन्द्रमाको प्रभाव मनमा देखिनसक्छ । मनमा भारीपन आउनसक्छ ।  बोलिका कारण काम बिग्रनसक्छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ । बोल्दा बिचार पुर्याउनुहोला । 

    मकर
    भो, जा, जी, खी, खू, खे, खो, गा,गी
    मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन शुभ नै  देखिन्छ  ।  लग्नस्थानमा रहेको चन्द्रमाको प्रभावले मनमा प्रसन्नता थप्नेछ । काममा सफलता प्राप्त हुनेछ  । शरीरमा उर्जा थपिन सक्नेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ ।  

    कुम्भ
    गू, गे, गो, सा, सी, सू, से, सो,दा
    कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ । व्यय भावको चन्द्रमाको प्रभावले मन उदास हुनसक्छ । धनमा क्षति हुनसक्छ । शरीरमा आलश्यता थपिनसक्छ ।  निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । यात्रामा अबरोध आउनसक्छ । 

    मीन
    दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
    मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहनेछ । आय भावमा रहेको चन्द्रमाको प्रभावले  काममा भएको अबरोध हटेर जानेछ । पेसा र व्यवसायमा वृद्धि  हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिकपक्ष बलियो देखिन्छ । 

    पुनश्च 
    चन्द्रमाको गोचरअनुसारको सामान्य फल हो  । तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि सक्छ ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend