images

२०८३ मंसिर १२ गते

images
images
images

सार्वजनिक बिदामा पनि नेपाल बैंकका शाखा खुला, यी ठाउँबाट पाइन्छ बैंकिङ सेवा

सार्वजनिक बिदामा पनि नेपाल बैंकका शाखा खुला, यी ठाउँबाट पाइन्छ बैंकिङ सेवा

images
images
सोमवार, कार्तिक ३० २०८३
सोमवार, कार्तिक ३० २०८३
  • काठमाडौँ, ३० कात्तिक । नेपाल बैंक लिमिटेडले २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदाका दिन पनि आफ्ना विभिन्न शाखामार्फत बैंकिङ सेवा उपलब्ध गराउने भएको छ।

    images
    images

    बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त दिन अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न देशका सातै प्रदेशका विभिन्न शाखा खुला रहनेछन्।

    बैंकका अनुसार खुला रहने शाखाबाट नगद कारोबार, चेक क्लियरिङ तथा आरटीजीएस (RTGS) लगायतका अत्यावश्यक बैंकिङ सेवा लिन सकिनेछ। सेवाग्राहीले बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सेवा प्राप्त गर्न सक्नेछन्।

    images
    images

    बैंकले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशमा काँकडभिट्टा र दमक, मधेश प्रदेशमा आदर्शनगर र निजगढ, बागमती प्रदेशमा काठमाडौं बैंकिङ अफिस, गण्डकी प्रदेशमा पृथ्वीचोक, लुम्बिनी प्रदेशमा लमही र चौराहा, कर्णाली प्रदेशमा वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी चौराहा शाखा खुला रहनेछन्।

    सार्वजनिक बिदाका कारण बैंकिङ कारोबार प्रभावित हुन नदिन र ग्राहकलाई अत्यावश्यक सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शाखाहरू सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।

    बैंकिङ कारोबार गर्नुपर्ने सेवाग्राहीलाई तोकिएको समयभित्र सम्बन्धित शाखाबाट सेवा लिन नेपाल बैंकले आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend