काठमाडौँ, २९ कात्तिक । आज कार्तिक २९ गते आइतबार देशका विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
सम्भावित मौसम परिवर्तनलाई मध्यनजर गर्दै सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचना तथा पूर्वानुमान नियमित रूपमा जानकारी लिन अनुरोध गरिएको छ।
विशेषगरी वर्षा, चट्याङ, असिना तथा हिमपातबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।




.gif)





