images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै...

महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • सुनसरी, २९ कात्तिक । भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images
    images

    धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो । खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३–० को अग्रता बनाएको थियो ।

    दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उहाँले ह्याट्रिक पूरा गरे । खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७–० गोलअन्तरले विजयी भएको हो ।

    images
    images

    खेलको ‘म्यान अफ दी म्याच’ एपिएफकी पूर्णिमा राई घोषित भईन । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिएका छन्।

    प्रतियोगिता अन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

    प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend