images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ कार्तिक २९ गते...

आजको राशिफलः २०८३ कार्तिक २९ गते आईतबार

आजको राशिफलः २०८३ कार्तिक २९ गते आईतबार

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • मेष
    चू, चे, चो, ला, ली, लू, ले, लो, अ
    मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन  सकारात्मक देखिन्छ । १० औं भावमा रहेको चन्द्रमाले काममा मन लगाउने छ ।  पेसा र व्यवसायमा  प्रगति हुनेछ ।  माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ । 

    images
    images

    वृष
    ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
    वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नहुनसक्छ । ९ औं भावमा रहेको चन्द्रमाले  शरीरमा थकानको महसुुस गराउनसक्छ । काममा अबरोध सिर्जना गराउनसक्छ । अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ । 

    मिथुन
    का, की, कू, घ, ङ, छ, के, को, ह
    मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नहुनसक्छ । ८ औं भावमा रहेको चन्द्रमाले काममा अवरोध गराउनसक्छ । नयाँ कामको थालनी नगर्दा राम्रो होला । अनावश्यक दौडधूप हुनसक्छ । दुर्घटना हुनसक्छ ।  मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् । 

    images
    images

    कर्कट
    ही,हू, हे, हो, डा, डी, डू, डे, डो
    कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक  रहेको छ । ७  औं भावमा रहेको चन्द्रमाले साझेदारीको काममा  सफलता दिलाउने छ । दाम्पत्य जीवनमा मीठास आउनेछ । बाहिरी काम बन्नेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ ।  

    सिंह
    मा,मी, मू, मे, मो, टा, टी, टू, टे
    सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । ६ औँ भावमा रहेको चन्द्रमाले प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ । सत्रुहरू परास्त हुनेछन् ।  ऋण घट्नसक्छ । खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ । 

    कन्या
    टो,पा, पी, पू, ष, ण, ठ, पे, पो
    कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ । चन्द्रमा ५ औं  भावमा रहेकाले मनमा अन्योल बढ्नसक्छ  । मनमा  खिन्नता उत्पन्न हुनसक्नेछ । घरपरिवारमा समय दिँदा राम्रो हुन्छ ।  पढाइमा मन लगाउनुहोस् ।

    तुला
    रा,री, रू, रे, रो, ता, ती, तू, ते
    तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ  ।  ४ औं  घरको चन्द्रमाले तपाईंको दिनलाई त्यति  सकारात्मक बनाउदैँन । मानसिक तनाव थपिनसक्छ । विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । 

    वृश्चिक
    तो,ना, नी, नू, ने, नो, या, यी, यू
    वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन  सकारात्मक रहनेछ । ३ औं भावमा रहेको चन्द्रमाले काममा मन लगाउने छ । अट्किएका काम बन्नेछ । साथिभाईहरूको साथ पाईनेछ ।  । इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ । 

    धनु
    यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
    धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नहुनसक्छ । २ औं घरको चन्द्रमाले  मनलाई कमजोर बनाउनसक्छ ।  आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ ।  बोल्दा बिचार पुर्याउनुहोला । 

    मकर
    भो, जा, जी, खी, खू, खे, खो, गा,गी
    मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक रहनेछ ।  लग्नस्थानमा रहेको चन्द्रमाले मनमा प्रसन्नता ल्याउनेछ । काममा सफलता प्राप्त हुनेछ  । शरीरमा उर्जा थपिन सक्नेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ ।  

    कुम्भ
    गू, गे, गो, सा, सी, सू, से, सो,दा
    कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिन्छ । चन्द्रमा १२ औँ भावमा रहेकोले खर्च बढ्नसक्छ । शरीरमा आलश्यता थपिनसक्छ ।  निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । यात्रामा अबरोध आउनसक्छ । 

    मीन
    दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
    मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक रहनेछ ।  ११ औं भावमा रहेको चन्द्रमाले काममा भएको अबरोधलाई  हटाउने छ । पेसा र व्यवसायमा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिकपक्ष बलियो देखिन्छ । 

    पुनश्च 
    चन्द्रमाको गोचरअनुसारको सामान्य फल हो  । तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि सक्छ ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend