images

२०८३ कार्तिक २९ गते

images
images
images

ऐतिहासिक महत्व बोकेको दुगुनागढी किल्ला

ऐतिहासिक महत्व बोकेको दुगुनागढी किल्ला

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • सिन्धुपाल्चोक, २८ कात्तिक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–स्थित यार्मासिङमा ऐतिहासिक दुगुनागढी किल्ला रहेको छ। समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा अवस्थित यो किल्लाले नेपालको ऐतिहासिक तथा सामरिक महत्व बोकेको छ।

    images
    images

    विसं १९१२ मा नेपाल र तिब्बतबीच भएको युद्धका क्रममा नेपालको सुरक्षाका लागि दुगुनागढी किल्ला निर्माण गरिएको ऐतिहासिक विवरण छ। तत्कालीन समयमा सीमाक्षेत्रको सुरक्षा र सम्भावित बाह्य आक्रमणको प्रतिरोध गर्ने उद्देश्यले निर्माण गरिएका यस्ता गढीले नेपालको सैन्य इतिहासमा महत्वपूर्ण स्थान राख्छन्।

    भोटेकोशी गाउँपालिकाको यार्मासिङमा रहेको दुगुनागढी किल्ला विगतको युद्ध इतिहास सम्झाउने ऐतिहासिक सम्पदाका रूपमा परिचित छ। पहाडी भूगोलमा अवस्थित किल्लाले तत्कालीन समयमा सीमाको सुरक्षा गर्न अपनाइएको रणनीति र सैन्य संरचनाको झल्को दिन्छ।

    images
    images

    ऐतिहासिक महत्व बोकेको दुगुनागढी किल्लाको संरक्षण र प्रचारप्रसार गर्न सके यस क्षेत्रको ऐतिहासिक पहिचान उजागर हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्न सक्छ। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend