images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • छठको सार्वजनिक बिदामा पनि खुला रहने...

छठको सार्वजनिक बिदामा पनि खुला रहने राहदानी विभाग

छठको सार्वजनिक बिदामा पनि खुला रहने राहदानी विभाग

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • काठमाडौँ, २८ कात्तिक । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि सोमबार (कात्तिक ३० गते) राहदानी विभाग खुला रहने भएको छ।

    images
    images

    सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन् ।

    उनका अनुसार सोमबार अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानी सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ।

    images
    images

    सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले विभाग खुला राख्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने सोमबार बिदा दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend