images

२०८३ कार्तिक २९ गते

images
images
images

एनपिएलः विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

एनपिएलः विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • काठमाडौँ, २८ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा लम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।   

    images
    images

    आजको खेल विराटनगरका लागि महत्त्वपूर्ण छ । लुम्बिनीलाई हराउन सके विराटनगरको प्लेअफ सम्भावना कायमै रहनेछ । पराजय व्यहोरेमा उसको प्लेअफ यात्रा समाप्त हुनेछ ।  

    विराटनगर यो खेल जित्नैपर्ने दबाबमा छ । लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । उसले छ खेल खेल्दा चारमा जित, एक खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

    images
    images

    ऊ अहिले तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

    जारी संस्करणमा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend