ताप्लेजुङ, २८ कार्तिक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।
शनिबार बिहानैदेखि पूजाआजा तथा दर्शनका लागि मन्दिर पुगेका भक्तजनको उल्लेख्य भीड लागेको हो। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार यस सिजनकै हालसम्मकै सबैभन्दा धेरै भक्तजनले मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्।
पछिल्लो समय पाथीभरा दर्शनका लागि आन्तरिक तथा बाह्य भक्तजनको आकर्षण बढ्दै गएको छ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पाथीभरा क्षेत्र भक्तजनको प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ।




.gif)





