images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने...

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७६५ सवारीसाधनमाथि कारबाही

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७६५ सवारीसाधनमाथि कारबाही

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • काठमाडौँ, २८ कात्तिक । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७६५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २४ घण्टाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १९८, तीव्र गतिमा सवारी चलाउने १२१ र रेड लाइट उल्लङ्घन गर्ने ३६ सवारीसाधन कारबाहीमा परेका छन्।

    त्यस्तै, सिसिटिभीमार्फत ३०, हर्न निषेध उल्लङ्घन गर्ने १०, लेन अनुशासन उल्लङ्घन गर्ने ६, सवारीको अवस्था ठीक नभएका २१ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ४ सवारीसाधनमाथि कारबाही गरिएको छ।

    images
    images

    यसैगरी, अन्य शीर्षकमा ३३९ सवारीसाधन कारबाहीमा परेका छन्।

    ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

    स्रोतः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय।

     

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend