images

२०८३ मंसिर १२ गते

images
images
images

सरकारद्धारा सोमबार सार्वजनिक बिदा

सरकारद्धारा सोमबार सार्वजनिक बिदा

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौं, २७ कात्तिक । छठ पर्वको अवसरमा सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिने भएको छ।

    images
    images

    यस वर्ष कात्तिक २९ गते आइतबार परेको छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो। त्यस्तै, पर्वको भोलिपल्ट सोमबार कात्तिक ३० गते पनि सार्वजनिक बिदा कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।

    images
    images

    तिहार सकिएसँगै शुक्रबारदेखि छठ पर्व सुरु भएको छ। पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माईको पूजा आराधना गरिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ।

    छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाका कमलपोखरी, नागपोखरी, बागमती तथा विष्णुमती नदी किनारमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गर्छ।

    विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend