काठमाडौं, २७ कात्तिक । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।
कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
यससँगै बैंकका सेयरधनीले बोनस सेयर र नगद लाभांश दुवै प्राप्त गर्ने भएका छन्।




.gif)





