काठमाडौं, २७ कात्तिक । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकमसमेत समावेश रहेको बैंकले जनाएको छ।
त्यस्तै, सभाले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा ८.२५ प्रतिशतका दरले नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत छलफल गरी पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।




.gif)





