काठमाडौं, २७ कात्तिक । तिहारको लामो बिदापछि खुलेको नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २० गते शुक्रबार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ। तिहारअघि प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
तिहार बिदापछि बजार खुलेसँगै दुवै बहुमूल्य धातुको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।




.gif)





