images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • विदेश भ्रमणबाट फर्केको १५ कार्यदिनभित्र प्रतिवेदन...

विदेश भ्रमणबाट फर्केको १५ कार्यदिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

विदेश भ्रमणबाट फर्केको १५ कार्यदिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौं, २७ कात्तिक । गृह मन्त्रालय तथा मातहतका निकायका कर्मचारी र प्रहरी कर्मचारीले अब विदेश भ्रमणबाट फर्किएपछि अनिवार्य रूपमा भ्रमण प्रतिवेदन बुझाउनुपर्ने भएको छ।

    images
    images

    गृह मन्त्रालयले कात्तिक १३ गते स्वीकृत गरेको ‘वैदेशिक भ्रमणको सिकाइ संस्थागत गर्ने सम्बन्धी दिग्दर्शन, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो।

    दिग्दर्शनअनुसार गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीले विदेश भ्रमणबाट फर्किएको १५ कार्यदिनभित्र भ्रमण अनुभवमा आधारित प्रतिवेदन बुझाउनुपर्नेछ।

    images
    images

    विदेश भ्रमणका क्रममा प्राप्त ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई संस्थागत गर्दै मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनमा उपयोग गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

    यस व्यवस्थाले सरकारी खर्चमा हुने वैदेशिक भ्रमणबाट प्राप्त अनुभवलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी संस्थागत सिकाइ र कार्यसम्पादन सुधारमा उपयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend