images

२०८३ कार्तिक २९ गते

images
images
images
सातै प्रदेशमा सेवा उपलब्ध

तिहार बिदामा पनि खुला रहने ग्लोबल आइएमई बैंकका शाखाहरू

तिहार बिदामा पनि खुला रहने ग्लोबल आइएमई बैंकका शाखाहरू

images
images
बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहार बिदाको दिन पनि ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउने भएको छ। बैंकले बिहीबार (२०८३ कात्तिक २६ गते) सातै प्रदेशका विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ।

    images
    images

    बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएका शाखाबाट बैंकिङ सेवा लिन सकिनेछ।

    बैंकले प्रदेशअनुसार खुला रहने शाखाहरूको विवरण सार्वजनिक गरेको छ।

    images
    images

    खुला रहने शाखाहरू

        कोशी प्रदेश: चारआली, हनुमानबास रोड र इटहरी।
        मधेश प्रदेश: जनकपुर र वीरगञ्ज।
        बागमती प्रदेश: ठाँडी, बेलचोक, कोटेश्वर, असन, थानकोट, सुकेधारा, इमाडोल र नक्साल।
        गण्डकी प्रदेश: सभागृह पोखरा।
        लुम्बिनी प्रदेश: पुष्पलाल चोक नेपालगञ्ज, कोहलपुर, तुलसीपुर दाङ, देवीनगर र तानसेन।
        कर्णाली प्रदेश: सुर्खेत।
        सुदूरपश्चिम प्रदेश: क्याम्पस चोक, धनगढी।

    बैंकका अनुसार तिहार बिदाको दिन पनि ग्राहकले तोकिएका शाखाबाट आवश्यक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, एनसीएचएल–आईपीएस (NCHL-IPS) सेवा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म उपलब्ध हुने बैंकले जनाएको छ।

    थप जानकारी तथा बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि ग्राहकले बैंकको ग्लोबल कनेक्ट सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

    स्रोत: ग्लोबल आइएमई बैंक

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend