images

२०८३ कार्तिक २९ गते

images
images
images

नेपाल राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकको आग्रह

वित्तीय साक्षरता आर्थिक समृद्धिको आधार,

images
images
मंगलवार, कार्तिक २४ २०८३
मंगलवार, कार्तिक २४ २०८३
  • काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरताका बहुआयामिक पक्षबारे जानकारी दिँदै नागरिकलाई सचेत र जिम्मेवार वित्तीय निर्णय लिन आग्रह गरेको छ।

    images
    images

    बैंकले मंगलबार जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमा वित्तीय साक्षरता सही वित्तीय निर्णय लिन, प्रतिफल र जोखिमको विश्लेषण गर्न तथा जीवनका आवश्यकताअनुसार वित्तीय योजना निर्माण गर्न आवश्यक रहेको उल्लेख गरेको छ।

    राष्ट्र बैंकका अनुसार वित्तीय साक्षरताले व्यक्तिगत वित्तीय व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै वित्तीय जोखिम सामना गर्न, सम्पत्ति वृद्धि गर्न र जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउँछ। यसले वित्तीय निर्णयप्रतिको आत्मविश्वास र सन्तुष्टि पनि बढाउँछ।
    वित्तीय साक्षरता कसरी अभिवृद्धि गर्ने?

    images
    images

    राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि जानकारी, ज्ञान र बुझाइमा सुधार गर्नुपर्ने जनाएको छ। वित्तीय साधन तथा योजनाका प्रक्रिया, लागत, प्रतिफल र जोखिमबारे जानकारी राख्ने, हिसाब गर्ने, तुलना गर्ने र उपयुक्त विकल्प छनोट गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिएको छ।

    त्यस्तै, वित्तीय सीप र व्यवहारमा सुधार गर्दै आवश्यकता अनुसार वित्तीय सेवाको उपयोग गर्ने, असल अभ्यास अपनाउने, वित्तीय सूचनाको मूल्याङ्कन गर्ने र जोखिम समाधान गर्ने क्षमता बढाउनुपर्ने सन्देशमा उल्लेख छ।

    आत्मविश्वास, अभिप्रेरणा र सकारात्मक दृष्टिकोण विकास गर्नु पनि वित्तीय साक्षरताको महत्त्वपूर्ण पक्ष रहेको राष्ट्र बैंकको भनाइ छ। आफ्ना वित्तीय निर्णयको मूल्याङ्कन गर्ने, आवश्यकताअनुसार परिवर्तन गर्ने र दीर्घकालीन प्रभावसमेत विचार गर्नुपर्नेमा बैंकले जोड दिएको छ।
    वित्तीय साक्षरताका प्रमुख विषय

    राष्ट्र बैंकले वित्तीय साक्षरताका प्रमुख विषयलाई जीवन योजना, वित्तीय योजना, वित्तीय साधन, वित्तीय वातावरण र अनुशासन गरी विभिन्न पक्षमा समेटेको छ।

    जीवन योजनाअन्तर्गत जीवनचक्रका विभिन्न चरणमा आवश्यक पर्ने छोटो, मध्यम तथा दीर्घकालीन आवश्यकताको पहिचान गर्नुपर्ने उल्लेख छ। वित्तीय योजनामा व्यक्तिगत तथा आश्रित परिवारका सदस्यको भविष्यलाई समेत ध्यानमा राखी आम्दानी, खर्च, बचत र लगानी व्यवस्थापन गर्नुपर्ने बताइएको छ।

    त्यसैगरी, नगद, निक्षेप, लगानी, ऋण, बीमा तथा विभिन्न कोष लगायत वित्तीय साधनको उपयोगिता, विशेषता, लागत, प्रतिफल र जोखिमबारे जानकारी राख्नुपर्ने राष्ट्र बैंकको सुझाव छ।

    वित्तीय वातावरणअन्तर्गत कानुनी व्यवस्था, सरकारी नीति, नियामक निकाय, उपभोक्ता अधिकार, कर प्रणाली, प्रविधि, साइबर सुरक्षा तथा वित्तीय ठगीबाट बच्ने उपायबारे जानकारी राख्नुपर्ने उल्लेख गरिएको छ।

    वित्तीय अनुशासन कायम राख्दै खर्च, आम्दानी, बचत, लगानी, वित्तीय सूचना, गुनासो व्यवस्थापन, जोखिम न्यूनीकरण र प्रविधिको प्रयोगमा जिम्मेवार व्यवहार अपनाउनुपर्नेमा पनि बैंकले जोड दिएको छ।
    वित्तीय प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड

    राष्ट्र बैंकले नागरिकको वित्तीय प्रतिस्पर्धात्मक क्षमता विकासका लागि स्वदेशी तथा विदेशी मुद्रा, डिजिटल पैसा, वस्तु तथा सेवाको मूल्य, भुक्तानी प्रणाली र वित्तीय सम्झौताबारे ज्ञान आवश्यक रहेको जनाएको छ।

    यसका साथै आम्दानी तथा खर्चको अभिलेख राख्ने, बजेट बनाउने, अल्पकालीन तथा दीर्घकालीन बचत गर्ने, निक्षेप तथा लगानीका विभिन्न उपकरण छनोट गर्ने र ऋणको क्षमता मूल्याङ्कन गर्ने सीप विकास गर्नुपर्ने सन्देशमा उल्लेख छ।

    बीमा, लगानी विविधीकरण, जोखिम व्यवस्थापन, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन र वित्तीय सेवा प्रदायकको पहिचान गर्न सक्ने क्षमता पनि वित्तीय साक्षरताका महत्त्वपूर्ण आधार हुन्।

    डिजिटल वित्तीय कारोबार विस्तार भइरहेका बेला साइबर सुरक्षा, वित्तीय ठगी, उपभोक्ता संरक्षण र प्रविधिको सुरक्षित प्रयोगबारे सचेत हुनुपर्ने राष्ट्र बैंकको सन्देश छ।
    वित्तीय गुनासो कहाँ गर्ने?

    नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय सेवासम्बन्धी समस्या तथा गुनासोका लागि अनलाइन माध्यम र सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ।

        अनलाइन गुनासो पोर्टल: www.gunaso.nrb.org.np
        वित्तीय ग्राहक संरक्षण इकाइ: ०१-५७१९६०५

    राष्ट्र बैंकले वित्तीय साक्षरतालाई व्यक्तिगत आर्थिक सुरक्षा, वित्तीय अनुशासन र समग्र आर्थिक समृद्धिसँग जोड्दै नागरिकलाई वित्तीय ज्ञान, सीप र व्यवहार विकास गर्न आग्रह गरेको छ।

    May be a graphic of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend