images

२०८३ कार्तिक २९ गते

images
images
images

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

images
images
शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँको नारायणहिटी दरबार अगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ ।

    images
    images
    KAG TIHAR.png
    undefined

    कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३ औँ सम्मेलन आयोजना गरेको हो ।

    सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा भेला पारेका थिए । उनले कागको आवाज निकाल्न थालेपछि वरपरका रुख र आकाशबाट कागहरू सम्मेलनस्थलमा जम्मा भएका थिए । दुलालले १७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दाबी गरिएको छ ।

    images
    images

    नेपाली समाजमा कागलाई सन्देशवाहक चराका रूपमा लिने परम्परा छ । तिहारको पहिलो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गरी खानेकुरा दिने चलन छ । कागलाई खुसी पार्न सके अशुभ समाचार सुन्नु नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।

    हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिन्छ । त्यसैले यमपञ्चकको पहिलो दिन कागको विशेष पूजा गर्ने गरिन्छ । यस दिन बिहानै घरको छत, आँगन वा खुला स्थानमा पातमा भात तथा विभिन्न परिकार राखेर कागलाई बोलाउने र खुवाउने प्रचलन छ । कागले मानिसका सन्देश यमराजसमक्ष पुर्‍याउने धार्मिक विश्वाससमेत रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend