images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ कार्तिक २१ गते...

आजको राशिफलः २०८३ कार्तिक २१ गते शनिबार

आजको राशिफलः २०८३ कार्तिक २१ गते शनिबार

images
images
शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • मेष
    (चू, चे, चो, ला, ली, लू, ले, लो, अ)

    images
    images

    मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन सन्तोषजनक रहेको छ  । ६ औं भावमा रहेको चन्द्रमाले सफलता दिलाउने छ । प्रतिस्पर्धामा बिजय हुने सम्भावना रहन्छ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिन भने ध्यान दिन पर्ने देखिन्छ ।  

    वृष
    (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

    images
    images

    वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक रहेको छ ।  ५ औँ भावमा रहेको चन्द्रमाले सन्तानबाट खुसी दिलाउने छ । मान प्रतिष्ठा बढ्नेछ ।  मन हलुका हुनेछ ।

    मिथुन
    (का, की, कू, घ, ङ, छ, के, को, ह)

    मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सन्तोषजनक देखिदैन । तपाईंको राशिबाट चन्द्रमा ४ भावमा रहेकाले अनावश्यक चिन्ता थपिन सक्छ ।  बिराधीहरू सलबलाउने छन् । स्वास्थ्य विग्रन सक्छ । मानसिक तनाव कम गर्न ध्यानको जरुरी छ । 

    कर्कट
    (ही,हू, हे, हो, डा, डी, डू, डे, डो)

    कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । ३ घरको चन्द्रमाले तपाईंको दिनलाई सकारात्मक फल दिनेछ ।  शुभ समाचार सुन्न पाइने छ । मित्रहरूको साथ रहनेछ । इच्छाशक्ति बढ्नेछ । मन प्रसन्न रहनेछ । मिष्ठान्न खान पाइने छ 

    सिंह
    (मा,मी, मू, मे, मो, टा, टी, टू, टे)

    सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक देखिन्छ ।  २ भावमा रहेको चन्द्रमाले  राम्रो काम गर्नेछ । आम्दानी बढ्नेछ । मीठो भोजन प्राप्त हुनेछ ।  पारिवारिक रमाइलो भेटघाट हुनेछ ।  मन प्रसन्न हुनेछ । 

    कन्या 
    (टो,पा, पी, पू, ष, ण, ठ, पे, पो)
      
    कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक  देखिदैन । मनमा चञ्चलता थपिने छ । खर्च  बढ्नेछ । निद्रा अपुग हुनसक्छ । स्वास्थ्यमा विचार गर्नुहोला । यात्रामा सावधानी अपनाउनु होला । ठूला निर्णय नगर्दा राम्रो हुन्छ 

    तुला
    (रा,री, रू, रे, रो, ता, ती, तू, ते)

    तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन  ।  पेसा र व्यवसायमा सफलता नमिल्न सक्छ । फजुल खर्च बढ्न सक्छ । प्रयाप्त निद्राको खाचो छ । स्वास्थ्यमा सावधानी अपनाउन पर्नेछ  ।

    वृश्चिक
    (तो,ना, नी, नू, ने, नो, या, यी, यू)

    वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहेको छ ।   चन्द्रमा ११ औँ भावमा रहेकोले काममा बाधा व्यवधान हुनेछैन ।  आर्थिक पक्ष बलियो हुने देखिन्छ ।

    धनु
    (यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे)

    धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन  सकारात्मक रहनेछ । १० औं भावमा रहेको चन्द्रमाले काममा भएको अबरोधलाई  हटाउने छ । पेसा र व्यवसायमा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । 

    मकर
    (भो, जा, जी, खी, खू, खे, खो, गा,गी)

    मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन  सकारात्मक नै रहेको छ । ९ औं भावमा रहेको चन्द्रमाले  भाग्योदय गराउन सक्छ   काममा बाधा, व्यवधान खेप्नुपर्ने छैन । धन जोगिने छ ।  गुरुको आशिर्वाद पाइने छ । भाग्यले साथ दिनेछ । 

    कुम्भ
    (गू, गे, गो, सा, सी, सू, से, सो,दा)

    कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिदैन  । ८ औं भावमा रहेको चन्द्रमाले गर्दा   प्रतिस्पर्धामा विजय हासिल हुने  सम्भावना कमै  देखिन्छ । शत्रुहरूले दुःख दिन सक्छन् ।   आर्थिक पक्षमा सुधार हुनेछैन ।  साझेदारीको कामबाट सन्तोष प्राप्त हुँदैन  । नवीन कार्यको थालनी नगर्नु ।  

    मीन
    (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

    मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ ।   काममा भएको अवरोध हटेर जानेछ । आर्थिक व्यवहार मिलाउन सकिन्छ । मनमा शान्ति मिल्नेछ । ७ औं भावमा रहेको चन्द्रमाको प्रभावले  साझेदारीमा गरिएको कामले सफलता पाउने छ । बाहिरी काम बख्नसक्छ ।

    तपाईँको दिन शुभ रहोस् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend