काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट सेयरधनीलाई कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको ६५७औँ बैठकले ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा रहेको छ । सोही चुक्ता पुँजीका आधारमा बैंकले १५ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ ।
त्यस्तै, बैंकले १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसअनुसार बैंकले सेयरधनीलाई कुल ३२ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी २५औँ वार्षिक साधारणसभामा पेस गरिनेछ । साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।




.gif)





