images

२०८३ कार्तिक २९ गते

images
images
images
  • बैंक वित्त
  • गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ‘गरिमा...

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’

आयोजना हुने, १ हजार ५०० धावक सहभागी हुने अपेक्षा

images
images
शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ ।

    images
    images

    स्वस्थ जीवनशैली प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा खुलातर्फ महिला तथा पुरुषका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुषका लागि ५ किलोमिटर दौड सञ्चालन हुनेछ ।

    images
    images

    कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर र पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

    खुलातर्फ ५० हजार र कर्पोरेटतर्फ ३० हजार पुरस्कार

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ ।

    खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३५ हजार, तृतीयले २० हजार, चौथोले १५ हजार र पाँचौँ स्थान हासिल गर्नेले १० हजार रुपैयाँ पाउनेछन् ।

    त्यस्तै, कर्पोरेटतर्फ प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार, तृतीयले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    बालुवाटारबाट सुरु भएर पुनः बालुवाटारमै समापन

    खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु हुनेछ । त्यहाँबाट बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालय परिसर पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमै आएर दौड समापन हुनेछ ।

    त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमै समापन हुनेछ ।

    प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्न बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत १०० रुपैयाँ दर्ता शुल्क भुक्तानी गरी नाम दर्ता गराउन सक्नेछन् ।

    बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend