images

२०८३ कार्तिक २९ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन...

ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु,

ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु,

images
images
शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु गरेको छ ।

    images
    images

    शुक्रबार आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।

    करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने प्रस्तावित भवन १२ तलाको हुनेछ । भवनमा सवारीसाधन पार्किङका लागि दुईवटा भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौवटा तला रहने बैंकले जनाएको छ ।

    images
    images

    आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधि समेटेर निर्माण गर्न लागिएको भवनलाई काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा विकास गर्ने बैंकको लक्ष्य छ ।

    भूमिपूजापछि बोल्दै अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताए । उनले भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौं उपत्यकाको एउटा पहिचानयोग्य संरचना बन्ने विश्वास व्यक्त गरे ।

    नयाँ भवन निर्माणसँगै सेवाग्राहीले बैंकिङ सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी रूपमा प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

    त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही तथा कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको डिजाइन र निर्माणमा आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको बताए ।

    उनका अनुसार भवनलाई ऊर्जा बचत गर्ने शैलीमा निर्माण गरिनेछ । पानीको व्यवस्थापनका लागि वर्षाको पानी संकलन तथा प्रशोधन प्रणाली जडान गरिनेछ भने विद्युत् खपत घटाउन सौर्य ऊर्जा प्रणालीसमेत प्रयोग गरिनेछ ।

    यसबाट प्राकृतिक स्रोतको उचित उपयोग हुनुका साथै वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूहका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend