images

२०८३ कार्तिक २९ गते

images
images
images
  • शिक्षा
  • त्रिविले सार्वजनिक गर्‍यो स्नातकोत्तर पहिलो सेमेस्टरको...

त्रिविले सार्वजनिक गर्‍यो स्नातकोत्तर पहिलो सेमेस्टरको भर्ना कार्यक्रम,

त्रिविले सार्वजनिक गर्‍यो स्नातकोत्तर पहिलो सेमेस्टरको भर्ना कार्यक्रम,

तीन जनाले जिते मोटरसाइकल, एक जनालाई स्कुटर

images
images
शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८३।०८४ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।

    images
    images

    विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन, वन विज्ञान, कृषि तथा पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा नयाँ विद्यार्थी भर्ना गर्ने जनाएको हो ।

    सूचनाअनुसार इच्छुक विद्यार्थीले मंसिर महिनाभित्र आवेदन फाराम बुझाउनुपर्नेछ । भर्ना प्रक्रिया पूरा भएपछि २०८३ माघदेखि कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।

    images
    images

    त्यस्तै, स्नातकोत्तर तहको प्रथम सेमेस्टरको अन्तिम परीक्षा २०८४ जेठमा सञ्चालन गर्ने र सो परीक्षाको नतिजा भदौमा प्रकाशित गर्ने कार्यतालिका तय गरिएको छ ।

    भर्ना हुन इच्छुक विद्यार्थीले सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ । आवेदनका साथ हालसालै खिचिएको फोटो, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ ।

    प्रवेश परीक्षा, भर्ना प्रक्रिया तथा अन्य आवश्यक जानकारी सम्बन्धित संकायका डिन कार्यालय र क्याम्पसबाट प्राप्त गर्न सकिने त्रिविले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend