मेष
(चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
मेषराशि हुने व्यक्तिहरूका लागि आजको दिन सन्तोषजनक रहेको छ । काममा अलमल हुनेछ । प्रतिस्पर्धामा बिजय हुने सम्भावना रहन्छ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिन भने ध्यान दिन पर्ने देखिन्छ ।
वृष
(ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक रहेको छ । थालेको कामले सफलता पाउने छ । सन्तानबाट खुसी प्राप्त हुनेछ । मान प्रतिष्ठा बढ्नेछ ।
मिथुन
(का, की, कू, घ, ङ, छ, के, को, ह)
मिथुनराशि हुनेव्यक्तिहरूको आजको दिन सन्तोषजनक देखिदैन । अनावश्यक चिन्ता थपिन सक्छ । बिराधीहरू सलबलाउने छन् । स्वास्थ्य विग्रन सक्छ । मानसिक तनाव कम गर्न ध्यानको जरुरी छ ।
कर्कट
(ही,हू, हे, हो, डा, डी, डू, डे, डो)
कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । शुभ समाचार सुन्न पाइने छ । मित्रहरूको साथ रहनेछ । इच्छाशक्ति बढ्नेछ । मन प्रसन्न रहनेछ ।
सिंह
(मा,मी, मू, मे, मो, टा, टी, टू, टे)
सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक देखिन्छ । भाग्यले काम गर्नेछ । आम्दानी बढ्नेछ । मीठो भोजन प्राप्त हुनेछ । पारिवारिक रमाइलो भेटघाट हुनेछ । मन प्रसन्न हुनेछ । शरीरमा स्फूर्ति आउने छ ।
कन्या
(टो,पा, पी, पू, ष, ण, ठ, पे, पो)
कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक देखिदैन । खर्च बढ्नेछ । अधिक थकानको महसुस हुनसक्छ । निद्रा अपुग हुनसक्छ । स्वास्थ्यमा विचार गर्नुहोला । यात्रामा सावधानी अपनाउनु होला । ठूला निर्णय नगर्दा राम्रो हुन्छ
तुला
(रा,री, रू, रे, रो, ता, ती, तू, ते)
तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नरहन सक्छ । पेसा र व्यवसायमा सफलता नमिल्ने देखिन्छ । फजुल खर्च बढ्न सक्छ । प्रयाप्त निद्राको खाचो छ । स्वास्थ्यमा सावधानी अपनाउन पर्नेछ ।
वृश्चिक
(तो,ना, नी, नू, ने, नो, या, यी, यू)
वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहेको छ । काममा बाधा व्यवधान हुनेछैन । आर्थिक पक्ष बलियो हुने देखिन्छ । माथिल्लो तहबाट यथेष्ट सहयोग मिल्नेछ ।
धनु
(यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे)
धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहनेछ । काममा भएको अबरोध हटेर जानेछ । पेसा र व्यवसायमा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा,गी )
मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक नै रहेको छ । काममा बाधा, व्यवधान खेप्नुपर्ने छैन । धन जोगिने छ । गुरुको आशिर्वाद पाइने छ । भाग्यले साथ दिनेछ ।
कुम्भ
(गू, गे, गो, सा, सी, सू, से, सो,दा)
कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिदैन । प्रतिस्पर्धामा विजय हासिल हुने सम्भावना कमै देखिन्छ । शत्रुहरूले दुःख दिन सक्छन् । आर्थिक पक्षमा सुधार हुनेछैन । साझेदारीको कामबाट सन्तोष प्राप्त हुँदैन । नवीन कार्यको थालनी नगर्नु ।
मीन
(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । काममा भएको अवरोध हटेर जानेछ । आर्थिक व्यवहार मिलाउन सकिन्छ । मनमा शान्ति मिल्नेछ । साझेदारीमा गरिएको कामले सफलता पाउने छ । बाहिरी काम बख्नसक्छ ।
तपाईँको दिन शुभ रहोस् ।




.gif)





