images

२०८३ कार्तिक २९ गते

images
images
images
  • शिक्षा
  • फोहोर बेचेर विद्यार्थीलाई शैक्षिक सहयोग, शिव...
अर्थसमाचार संवाददाता

फोहोर बेचेर विद्यार्थीलाई शैक्षिक सहयोग, शिव न्यौपाने कापीको आवरणमा

फोहोर बेचेर विद्यार्थीलाई शैक्षिक सहयोग, शिव न्यौपाने कापीको आवरणमा

images
images
बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • अस्ट्रेलिया । अस्ट्रेलियामा रहेर वातावरण संरक्षण, फोहोर व्यवस्थापन र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका नेपाली लेखक तथा शब्दकोशकार शिव न्यौपाने नेपालको विद्यार्थी कापीको आवरण पृष्ठमा समेटिएका छन्।

    images
    images
    Copy Cover food falang.png
    undefined

    स्याङ्जाको गल्याङमा जन्मिएका न्यौपानेले पुनःप्रयोगयोग्य सामग्री बिक्रीबाट प्राप्त रकम विद्यार्थीलाई कापी खरिद गरी शैक्षिक सहयोग गर्न खर्च गर्दै आएका छन्। उनको यही सामाजिक अभियान र योगदानको सम्मान गर्दै तस्बिर सहितको परिचय विद्यार्थीले प्रयोग गर्ने कापीको आवरणमा समावेश गरिएको हो।

    नेपालको पहिलो विश्वव्यापी परिकार सम्बन्धी शब्दकोश ‘फलाङ फुड डिक्सनरी’का लेखक तथा संकलक न्यौपानेले साहित्यिक योगदानसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो अभियानको महत्वपूर्ण हिस्सा बनाएका छन्।

    images
    images

    उनले अस्ट्रेलियामा प्रयोग भइसकेका प्लास्टिकका बोतल, खाद्य प्याकेजिङ, गत्ता, कागज तथा अन्य पुनःप्रयोगयोग्य सामग्री संकलन गरी रिसाइक्लिङ केन्द्रमा बिक्री गर्दै आएका छन्। यसबाट प्राप्त रकम विद्यार्थीको शैक्षिक सहयोगमा परिचालन गर्ने उनको अभियानले वातावरण संरक्षण र शिक्षालाई एकैसाथ जोडेको छ।

    अस्ट्रेलियामा व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको फोहोर व्यवस्थापन तथा पुनःप्रयोग प्रणालीबाट प्रेरित न्यौपाने नेपालमा पनि यस्तै प्रभावकारी व्यवस्था विकास भएको देख्न चाहन्छन्। उचित संकलन, वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको प्रणाली स्थापना गर्न सके फोहोरलाई आर्थिक स्रोतका रूपमा रूपान्तरण गर्न सकिने उनको धारणा छ।

    उनले नेपाल सरकारलाई देशका विभिन्न स्थानमा पुनःप्रयोग केन्द्र स्थापना गर्न आग्रह गर्दै घरपरिवार तथा व्यवसायबाट निस्कने प्लास्टिक, सिसा, कागज, गत्ता र धातुजन्य सामग्री आर्थिक प्रोत्साहनसहित खरिद तथा संकलन गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। यस्तो प्रणालीले वातावरण संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना र नागरिकको अतिरिक्त आम्दानी बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

    न्यौपानेको अभियानको विशेषता फोहोर व्यवस्थापनबाट प्राप्त आम्दानीलाई सामाजिक हितमा परिचालन गर्नु हो। पुनःप्रयोगयोग्य सामग्रीबाट आम्दानी गर्ने र त्यसैबाट विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने उनको प्रयासले स्रोतको सदुपयोग र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

    ‘फोहोर होइन, मोहर हो’ भन्ने सन्देशसहित अघि बढाइएको उनको अभियानले सामान्य ठानिने फोहोरसमेत उचित व्यवस्थापन गर्न सके आम्दानी र सामाजिक परिवर्तनको माध्यम बन्न सक्ने देखाएको छ।

    नेपालमा पनि प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकास गर्न सरकार, स्थानीय तह, निजी क्षेत्र र नागरिक सबैले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको जोड छ। वातावरण संरक्षण, आर्थिक सम्भावना र शिक्षालाई एउटै अभियानमा जोड्ने न्यौपानेको प्रयासले प्रवासमा रहेर पनि मातृभूमि प्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सन्देश दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend