मेष
(चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
मेषराशि हुने व्यक्तिहरूका लागि आजको दिन सन्तोषजनक रहेको देखिदैन । काममा अलमल हुनेछ । मन खिन्न हुनसक्छ । परिवारलाई समय दिनुपर्छ । आफुलाई मनपर्ने पुस्तक अध्ययनले मनलाई शान्त पार्नेछ ।
वृष
(ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
वृषराशि हुने व्यक्तिहरूको मनमा धेरै कुराहरू खेल्नेछ । अनावश्यक चिन्ता थपिन सक्छ । बिरोधीहरू थपिने सम्भावना देखिन्छ । स्वास्थ्यमा समस्या आउनसक्नेछ । खानपिनमा ध्यान दिनुहोला ।
मिथुन
(का, की, कू, घ, ङ, छ, के, को, ह)
मिथुनराशि हुनेव्यक्तिहरूको आजको दिन सन्तोषजनक नै रहने छ । सुखसमाचार सुन्न पाइने छ । मित्रहरूको साथ रहने छ । इच्छाइएको वस्तु प्राप्त हुने सम्भावना छ । यात्रा गर्ने अवसर आउनसक्नेछ ।
कर्कट
(ही,हू, हे, हो, डा, डी, डू, डे, डो)
कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सुखमय नहुन सक्छ । खर्च बढ्न सक्छ । आर्थिक लेनदेनमा सावधानी अपनाउनु पर्नेछ । बोली व्यवहारमा रुखोपन आउनाले झगडा पर्नसक्छ । बानी व्यवहार सन्तुलनमा राख्नुहोला ।
सिंह
(मा,मी, मू, मे, मो, टा, टी, टू, टे)
सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक देखिन्छ । भाग्यले काम गर्नेछ । मन प्रसन्न हुनेछ । शरीरमा स्फूर्ति आउने छ । काममा आएका बाधाहरू हटेर जानेछन् ।
कन्या
(टो,पा, पी, पू, ष, ण, ठ, पे, पो)
कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक देखिदैन । खर्च बढ्नेछ । अधिक थकानको महसुस हुनसक्छ । निद्रा अपुग हुनसक्छ । स्वास्थ्यमा विचार गर्नुहोला । यात्रामा सावधानी अपनाउनु होला ।
तुला
(रा,री, रू, रे, रो, ता, ती, तू, ते)
तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहने छ । पेसा र व्यवसायमा सफलता मिल्नेछ । कार्यमा प्रगति हुनेछ । माथिल्लो क्षेत्रबाट महत्वपूर्ण सहयोग मिल्ने सम्भावना देखिन्छ । इच्छा पूर्ति हुनेछ । मन प्रसन्न रहने छ ।
वृश्चिक
(तो,ना, नी, नू, ने, नो, या, यी, यू)
वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक रहेको छ । काममा बाधा व्यवधान हुनेछैन । आर्थिक पक्ष बलियो हुने देखिन्छ । माथिल्लो तहबाट यथेष्ट सहयोग मिल्नेछ ।
धनु
(यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे)
धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक देखिदैन । काममा अवरोध आउन सक्छ । धेरै दौडधूप नगर्दा राम्रो हुन्छ । अत्यधिक थकानको महसुस हुनेछ । धार्मिक कार्यमा मन लगाउनु होला ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा,गी)
मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन त्यति सकारात्मक देखिदैन । काममा बाधा, व्यवधान खेप्नुपर्ने हुनसक्छ । फजुल खर्च बढ्नसक्छ । अनावश्यक दौडधूप नगर्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।
कुम्भ
(गू, गे, गो, सा, सी, सू, से, सो,दा)
कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिन्छ । प्रतिस्पर्धामा विजय हासिल हुने सम्भावना देखिन्छ । शत्रुहरू परास्त हुनेछन् । आर्थिक पक्षमा सुधार हुने देखिन्छ । साझेदारीको कामबाट सन्तोष प्राप्त हुनसक्छ । खानपानमा भने विशेष ख्याल गर्नुहोला ।
मीन
(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । काममा भएको अवरोध हटेर जानेछ । आर्थिक व्यवहार मिलाउन सकिन्छ । मनमा शान्ति मिल्नेछ । खानपिनमा भने ख्याल गर्नुहोला ।
तपाईँको दिन शुभ रहोस् ।




.gif)





