images

२०८३ कार्तिक २९ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा ४०४...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा ४०४ पिन्ट रगत संकलन

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा ४०४ पिन्ट रगत संकलन

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामार्फत आयोजना गरेको कार्यक्रममा ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ।

    images
    images

    कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन्।

    बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए।

    images
    images

    बैंकका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखरा क्षेत्रको न्युरोड पोखरा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंक तथा पश्चिम क्षेत्रका घोराही र महेन्द्रनगर शाखामा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

    यसैगरी, बैंकले वार्षिकोत्सवकै अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कपको छैटौँ संस्करण पनि आयोजना गरेको थियो। प्रतियोगिताको पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend