images

२०८३ कार्तिक २९ गते

images
images
images

मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्दो,

मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्दो,

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङका पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म मनाङमा ५ हजार ४९ जना भारतीय पर्यटकले भ्रमण गरेका छन्।

    images
    images

    अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन्। भ्रमण गर्ने पर्यटकमध्ये १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र १० जना अन्य रहेका छन्।

    पर्यटक आगमनमा भारत पहिलो स्थानमा रहेको छ। त्यसपछि इजरायलबाट २ हजार ७६८, जर्मनीबाट १ हजार ९४८, चीनबाट १ हजार ८९९ र फ्रान्सबाट १ हजार ३४ जना पर्यटक मनाङ पुगेका छन्।

    images
    images

    प्रमुख भुजेलका अनुसार अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रबाट ५ हजार ९० र अन्य देशबाट २५ हजार ५७२ पर्यटक मनाङ पुगेका हुन्।

    अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसम सिर्जना भए पनि मनाङमा पर्यटक आगमन उल्लेख्य रहेको भुजेलले बताए। जोखिमपूर्ण मौसमका बाबजुद पर्यटक प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति अवलोकनका लागि मनाङ पुगेका थिए। मौसम तथा जोखिमको अवस्था सामान्य बन्दै गएपछि पर्यटकहरू विभिन्न गन्तव्यतर्फ लागेका छन्।

    अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सीमामा रहेको थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल तथा हिमलुङ र मनास्लु हिमाल पर्यटकका प्रमुख आकर्षण हुन्। हिमाल, पहाडका मनोरम दृश्य, स्थानीय समुदायको संस्कार, संस्कृति र रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्दै आएको छ।

    अन्नपूर्ण पदमार्ग हुँदै पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन्। जोखिमपूर्ण पदयात्रा र प्राकृतिक विविधताका कारण यो पदमार्ग विश्वभरका पदयात्रीमाझ लोकप्रिय छ।

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित मनाङ्गे चौतारा हो। यस पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लालाई जोडेको छ।

    काठमाडौं हुँदै बेँसीसहरसम्म सवारीसाधनमा पुग्ने पर्यटक पछिल्लो समय चामे र खाङ्सारसम्म पनि सवारीसाधनबाटै पुग्ने गरेका छन्। त्यसपछि भने पर्यटकले पदयात्रा सुरु गर्ने गर्छन्।

    मनाङमा विभिन्न देशबाट पर्यटकको बढ्दो आगमनले अन्नपूर्ण पदमार्गको अन्तर्राष्ट्रिय आकर्षण र हिमाली पर्यटनको सम्भावनालाई थप उजागर गरेको छ। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend