दमौली (तनहुँ), २८ कात्तिक । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरो र हिमालको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गरेको छ। चिसो मौसम सुरु भएसँगै मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्राकृतिक सौन्दर्य, कुहिरो र हिमाली दृश्य अवलोकनका लागि यहाँ पर्यटकको आगमन बढेको हो।