मेष
(चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
मेषराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति शुभदायक देखिन्न । चन्द्रमाको उपस्थिति मारक भावमा रहेकोले अनावश्यक चिन्ता थपिन सक्छ । विरोधीहरू बढ्न सक्छन् । काम विग्रन सक्छ रिसलाई नियन्त्रण गर्नुहोला । स्वास्थ्यमा ध्यान दिनुहोला । मनलाई नियन्त्रण गर्नुहोला
वृष
(ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
वृषराशि हुने व्यक्तिहरूका लागि आजको दिन सन्तोष जनक रहने छ । तपाईंहरूको राशिबाट चन्द्रमा ११ औँ घरमा बसेकाले विभिन्न लाभहरू उठाउन सक्नुहुनेछ । सुखद् समाचार सुन्न पाइने छ । मित्रको साथ र सहयोग मिल्नेछ । पारिवारिक भ्रमणको योग छ । मन प्रफुल्ल रहने छ ।
मिथुन
(का, की, कू, घ, ङ, छ, के, को, ह)
मिथुनराशि हुनेव्यक्तिहरूको राशिबाट चन्द्रमा र मङ्गल द्वितीय भावमा रहेकाले आर्थिक कारोबार गर्दा सजग रहनुहोला । बोलिमा संयम राख्नु होला । मनमा क्रोध उत्पन्न हुनसक्छ । फजुल खर्च बढ्न सक्छ । लेनदेनमा विचार पुर्याउनु होला ।
कर्कट
(ही,हू, हे, हो, डा, डी, डू, डे, डो)
कर्कटराशि हुनेव्यक्तिहरूका लागि आजको दिन सुखमय हुनेछ । चन्द्रमा आफ्नै घरमा रहेकाले मनमा खुसी छाउने छ । मनमा ताप भने बढ्न सक्छ ध्यान गर्नुहोला । शरीरमा स्फूर्ति बढ्नेछ । रोकिएका कामले सफलता पाउने सम्भावना छ । भाग्योदय हुनेछ ।
सिंह
(मा,मी, मू, मे, मो, टा, टी, टू, टे)
सिंहराशि हुनेहव्यक्तिरूका लागि आजको दिन त्यति राम्रो देखिदैन । फजुल खर्च बढ्नसक्छ । काम विग्रिएर थकानको महशुस हुनेछ । काम विग्रने सम्भावना छ । राति निद्रा नआउन सक्छ त्यसैले सुत्नु अघि ध्यान गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला । यात्रामा सावधानी रहनुहोला ।
कन्या
(टो,पा, पी, पू, ष, ण, ठ, पे, पो)
कन्याराशि हुनेव्यक्तिहरूका लागि आजको दिन हर्षपूर्ण हुनेछ । ११ औँ घरको चन्द्रमाले आर्थिक लाभ गराउन सक्छ । इच्छाएको वस्तु प्राप्त हुने सम्भावना रहेको छ । साथीभाइसँगको सम्बन्ध सुमधुर रहने छ । मन प्रशन्न रहने छ ।
तुला
(रा,री, रू, रे, रो, ता, ती, तू, ते्)
तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ । पेसा र व्यवसायमा सफलता मिल्नेछ । कार्यमा प्रगति हुनेछ । माथिल्लो क्षेत्रबाट महत्वपूर्ण सहयोग मिल्ने सम्भावना देखिन्छ ।
वृश्चिक
(तो,ना, नी, नू, ने, नो, या, यी, यू)
वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन अनुकुल छैन । काममा बाधा व्यवधान हुनसक्छ । काममा अवरोध हुनाले मानसिक चिन्ता थपिने छ। शारीरिक थकानको सम्भावना पनि उत्तिकै देखिन्छ । धार्मिक कार्यमा मन लगाउनु होला ।
धनु
(यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे)
धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सुखद् दैखिदैन । तपाईंहरूको ८ अौं घरमा चन्द्रमा छ त्यसैले खर्च बढ्ने सम्भावना छ । काममा बाधा हुने छ । अनावश्यक दौडधूप गर्नुपर्ने हुनसक्छ । नवीनकार्यको थालनी नगर्दा रामो हुन्छ ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा,गी)
मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन शुभ छ । साझीदारीको काममा सफलता मिल्नेछ । पारिवारीक सम्बन्धमा मिठास आउने छ । नियमित काम भन्दा थप नयाँ काम पनि बन्ने सम्भावना देखिन्छ ।
कुम्भ
(गू, गे, गो, सा, सी, सू, से, सो,दा)
कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन शुभ छ । प्रतिस्पर्धामा विजय हासिल हुने सम्भावना देखिन्छ । शत्रुहरू परास्त हुनेछन् । आर्थिक पक्षमा सुधार हुने देखिन्छ । खानपानमा भने विशेष ख्याल गर्नुहोला ।
मीन
(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सुखद् देखिदैन । काममा अवरोध सिर्जना हुने सम्भावना छ । मन खिन्न हुनेछ । घरपरिवारमा समय दिनुहोस् अध्ययनकार्यमा मन लगाउँदा शान्ति मिल्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।




.gif)





