images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अर्थतन्त्र
  • करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक हुँदै

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं । सामान तथा सेवा खरिद–बिक्री गर्दा प्राप्त हुने बिलका आधारमा सञ्चालन गरिएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को नतिजा आज (कात्तिक १६ गते) सार्वजनिक हुने भएको छ।

    images
    images

    आन्तरिक राजस्व विभागले कात्तिक १ गतेदेखि १५ गतेसम्म दर्ता भएका बिलका आधारमा विजेता छनोट गरी सोमबार नतिजा सार्वजनिक गर्न लागेको हो।

    विभागका अनुसार यस कार्यक्रम अन्तर्गत सामान तथा सेवा खरिद गर्ने उपभोक्ता सँगै बिक्री गर्ने व्यवसायीले समेत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। सामान्य किनमेलका क्रममा प्राप्त हुने आधिकारिक बिलसमेत १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने माध्यम बन्न सक्नेछ।

    images
    images

    बिलमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्ने, कर प्रणालीलाई पारदर्शी बनाउने तथा उपभोक्तालाई प्रत्येक खरिदमा आधिकारिक बिल लिन र व्यवसायीलाई कारोबारअनुसार बिल जारी गर्न प्रेरित गर्ने उद्देश्यले विभागले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    यस कार्यक्रमले उपभोक्ता र व्यवसायी दुवैलाई कर प्रणालीमा सहभागी गराउँदै बिल लिने र दिने संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend