images

२०८३ कार्तिक २९ गते

images
images
images

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौँ, १६ कात्तिक । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ।

    images
    images

    श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना गर्न लागिएको आइतबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमका वक्ताले वैदिक मन्त्र द्रष्टा ऋषिमुनिको तपस्थली नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।

    महायज्ञ सम्पादन मूल समिति, आयोजना गरेको कार्यक्रममा सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र त्यसको मूल सनातन परम्परा भएकाले यसको पुनर्जागरणका लागि वैदिक विश्वविद्यालयको आवश्यकता रहेकामा जोड दिएका हुन् । वैदिक विश्वविद्यालय अन्य विश्वविद्यालय भन्दा विशिष्टीकृत हुने उनको भनाइ थियो ।

    images
    images

    वैदिक विश्वविद्यालयका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले वैदिक ज्ञानका सवालमा नेपाल विश्वकै गुरु देश बन्न सक्ने प्रशस्त आधार रहेकाले नेपालमा वैदिक विश्वविद्यालय आवश्यक भएकैले स्थापनाको सङ्कल्प गरिएको जानकारी दिएका हुन् ।
      
    विश्वविद्यालय स्थापनाका लागि नवलपरासीको गैँडाकोटमा आनन्दराज भण्डारीले रु एक करोडबराबरको जग्गा दान गर्नुभएको भन्दै स्वामी कमलनयानाचार्यले सम्मान गरेका थिए । महायज्ञ सम्पन्न गर्न १००८ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुहुँदै उनले ५१ जनाको सचिवालयले निरन्तर काम गरिररहेको बताएका हुन् ।
     
    पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले वेदको शिक्षा दिन वैदिक विश्वविद्यालय आवश्यक रहेको बताएका हुन् । वैदिक विश्वविद्यालयले सबैलाई सकारात्मक सोचतिर अभिप्रेरित गर्ने पनि उनको भनाइ थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव गणेशप्रसाद पाण्डेयले अध्यात्मको प्रवर्द्धनमा वैदिक विश्वविद्यालय उपयुक्त माध्यम हुने विचार राखे । ऋषिमुनिको तपोभूमिको महत्वलाई स्थापित गर्न पनि वैदिक विश्वविद्यालय आवश्यक रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा वाग्मती सफाइ अभियानकर्मी डा माला खरेल, चलचित्र निर्माता एवं वाग्मती सफाइ अभियानकर्मी चक्रबहादुर चन्द, गायत्री परिवारका अध्यक्ष सावित्री काफ्ले, इन्जिनियर ईश्वरलाल जोशी लगायतले नेपालको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वभर फैलाउन पनि वैदिक विश्वविद्यालय अत्यावश्यक रहेकामा जोड दिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend