images

२०८३ कार्तिक २९ गते

images
images
images

पहिलो त्रैमासमा वाणिज्य बैंकले कमाए १९ अर्ब ११ करोड नाफा

पहिलो त्रैमासमा वाणिज्य बैंकले कमाए १९ अर्ब ११ करोड नाफा

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा आर्जनका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ।

    images
    images

    पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। नबिल बैंकले समीक्षा अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।

    त्यस्तै, ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ।

    images
    images

    १० बैंकको नाफा १ अर्बभन्दा बढी

    एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने अन्य बैंकमा एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक रहेका छन्।

    एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    यसैगरी, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    सिटिजन्स बैंक घाटाबाट नाफामा

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको सिटिजन्स बैंक यस वर्ष नाफामा फर्किएको छ। बैंकले समीक्षा अवधिमा १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख, प्रभु बैंकले ६४ करोड ७४ लाख र सिद्धार्थ बैंकले ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

    केही बैंकको नाफा घट्यो

    अधिकांश बैंकको नाफा बढे पनि केही बैंकको नाफामा भने गिरावट आएको छ। हिमालयन बैंकको नाफा गत वर्षको ७० करोड २९ लाख रुपैयाँबाट घटेर ६८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ।

    त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६९ करोड ३९ लाखबाट घटेर ६७ करोड १४ लाख रुपैयाँमा झरेको छ। एनएमबि बैंकको नाफा पनि गत वर्षको १ अर्ब ३० करोड ८५ लाख रुपैयाँबाट घटेर १ अर्ब १६ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ।

    समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले वाणिज्य बैंकहरूको खुद नाफामा सुधार देखाए पनि सबै बैंकको अवस्था समान छैन। केही बैंक घाटाबाट नाफामा फर्किएका छन् भने केहीको नाफामा गिरावट आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend