images

२०८३ कार्तिक २९ गते

images
images
images

नबिल बैंकको खुद नाफा २ अर्ब ५५ करोड, ४५ प्रतिशतले वृद्धि

नबिल बैंकको खुद नाफा २ अर्ब ५५ करोड, ४५ प्रतिशतले वृद्धि

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं, १६ कात्तिक । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा करिब ४५.४६ प्रतिशतले बढेको हो।

    images
    images

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष बैंकको नाफामा भएको वृद्धिमा सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम घट्नुले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

    गत वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ।

    images
    images

    त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्ष ३ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी समेत ७९ करोड ८७ लाख रुपैयाँबाट बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

    वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ।

    समीक्षा अवधिसम्म बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

    जोखिम व्यवस्थापनतर्फ बैंकको खराब कर्जा अनुपात ४.०६ प्रतिशत र खुद खराब कर्जा अनुपात ०.६३ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको पुँजी कोष अनुपात ११.६७ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend