images

२०८३ कार्तिक १४ गते

images
images
images
अर्थसमाचार संवाददाता

चन्द्रागिरि सहकारीको कार्यालय समय परिवर्तन,

चन्द्रागिरि सहकारीको कार्यालय समय परिवर्तन,

यस्तो छ नयाँ तालिका

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो मुख्य कार्यालय तथा सेवा केन्द्रहरूको कार्यालय समय परिवर्तन गरेको छ।

    images
    images

    संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नयाँ कार्यालय समय लागू हुने भएको छ।

    परिवर्तित समयअनुसार संस्थाको नियमित कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरिएको छ। त्यस्तै, मुख्य कार्यालयको काउन्टर सेवा भने बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ।

    images
    images

    संस्थाका अनुसार सार्वजनिक बिदाका दिन मुख्य कार्यालय तथा सेवाकेन्द्रहरू साविककै कार्यालय समयअनुसार सञ्चालन हुनेछन्।

    संस्थाले आफ्ना सम्पूर्ण सदस्य तथा सेवाग्राहीलाई कार्यालय समय परिवर्तन सम्बन्धी जानकारी गराउँदै सोहीअनुसार सेवा लिन आग्रह गरेको छ।

    स्रोतः चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend