images

२०८३ कार्तिक १४ गते

images
images
images
  • शेयर
  • दशैँपछि नेप्से ५६ अंकले बढ्दा कारोबार...

दशैँपछि नेप्से ५६ अंकले बढ्दा कारोबार रकममा ५१ प्रतिशतको वृद्धि

दशैँपछि नेप्से ५६ अंकले बढ्दा कारोबार रकममा ५१ प्रतिशतको वृद्धि

शेयर बजारमा उत्साह,

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं । दशैँ बिदापछिको पहिलो साता शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१३ प्रतिशत अर्थात् ५५.९८ अंकले बढेर २६९०.१५ विन्दुमा बन्द भएको छ।

    images
    images

    दशैँअघि अन्तिम कारोबार दिन नेप्से २६३४.१७ विन्दुमा बन्द भएको थियो। यस साता पाँच कारोबार दिनमध्ये तीन दिन बजार बढेको थियो भने दुई दिन सामान्य अंकले घटेको थियो।

    नेप्सेसँगै यस साता कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। दशैँअघिको अन्तिम साता दैनिक औसत ४ अर्ब ५८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा यस साता दैनिक औसत कारोबार रकम बढेर ६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो साताको तुलनामा ५१.३९ प्रतिशत बढी हो।

    images
    images

    त्यस्तै, यस साता दैनिक औसत शेयर कारोबार संख्या ४०.४३ प्रतिशत र कारोबार संख्या ३९.९६ प्रतिशतले बढेको छ।

    यस साता फ्लोट इण्डेक्स २।०३ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स २।१३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ प्रतिशतले वृद्धि भएको छ।

    बजार पूँजीकरणमा ९६ अर्बको वृद्धि

    नेप्सेको कुल बजार पूँजीकरण पनि यस साता २ प्रतिशतभन्दा बढीले बढेको छ। दशैँअघिको अन्तिम कारोबार दिन ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ९६ अर्ब रुपैयाँले बढेर ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।

    १३ वटै उपसमूहको परिसूचक बढ्यो

    दशैँपछिको पहिलो साता कारोबारमा रहेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन्। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.७८ प्रतिशतले बढेको छ।

    अघिल्लो साता ३५६१.८७ विन्दुमा रहेको जलविद्युत उपसमूहको परिसूचक १३४.८१ अंकले बढेर ३६९६.६८ विन्दुमा पुगेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

    बेनी हाइड्रोपावरको शेयरमूल्य १०१ प्रतिशतले बढ्यो

    यस साता बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य सर्वाधिक १०१.०५ प्रतिशतले बढेको छ। अघिल्लो साता ३५३ रुपैयाँमा कारोबार भएको कम्पनीको शेयरमूल्य यस साता बढेर ७०९ रुपैयाँ ७० पैसा पुगेको छ।

    त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे १४ प्रतिशत र लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे १३ प्रतिशतले बढेको छ।

    यता, यस साता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १५।१५ प्रतिशतले घटेको छ। अघिल्लो साता ५८१ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको शेयरमूल्य यस साता घटेर ४९३ रुपैयाँमा झरेको छ।

    फ्लोरसिटमा यी स्टकको खरिदबिक्री बढी

    फ्लोरसिट विश्लेषणअनुसार यस साता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२, रु रु जलविद्युत परियोजना र ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ लगायतका स्टक मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

    त्यस्तै, मिड सोलु हाइड्रोपावर, कालिञ्चोक दर्शन र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

    दशैँपछिको पहिलो साता नेप्से परिसूचक, कारोबार रकम तथा बजार पूँजीकरणमा आएको वृद्धिले शेयर बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend