काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीका सांगठनिक विषयमा छलफल हुने भएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय ुघन्टीघरु मा बस्नेछ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको भावी राजनीतिक रणनीति तथा सांगठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।
समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको आगामी कार्यदिशा तय गर्ने र संगठनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने विषय बैठकका प्रमुख एजेन्डा रहने बताइएको छ।




.gif)





