images

२०८३ कार्तिक १४ गते

images
images
images

क्रिप्टो कारोबार गरेको आरोपमा यादव पक्राउ

क्रिप्टो कारोबार गरेको आरोपमा यादव पक्राउ

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका–१२ निवासी २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।

    images
    images

    प्रहरीका अनुसार यादवले कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सी (क्रिप्टो।यूएसडीटी) को ठूलो परिमाणमा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा यादवको बाइनान्स खातामार्फत कुल २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रुपैयाँ बराबरको कारोबार भएको फेला परेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रहरीका अनुसार पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

    नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोगसम्बन्धी गतिविधि कानुनले निषेध गरेको अवस्थामा यति ठूलो रकमको कारोबार भएको विषयलाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

    यस घटनाले नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङसँग जोडिएका वित्तीय गतिविधिमाथि प्रहरी निगरानीको विषयलाई पुनः चर्चामा ल्याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend