images

२०८३ कार्तिक १४ गते

images
images
images

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको कडाइ,

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको कडाइ,

२४ घण्टामा ३१४ सवारीसाधन कारबाहीमा

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको दैनिक ट्राफिक कारबाही विवरणअनुसार २४ घण्टाको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४० जना चालक कारबाहीमा परेका छन्।

    त्यस्तै, सीसीटीभीमार्फत नियम उल्लङ्घन गर्ने १६, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ७, तीव्र गतिमा सवारी चलाउने ११ र अनावश्यक हर्न बजाउने एक जना चालक कारबाहीमा परेका छन्।

    images
    images

    यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २, सवारीको अवस्था ठीक नभएका ५ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २३२ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयको विवरणमा उल्लेख छ।

    ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि नियमित रूपमा चेकजाँच र निगरानी गर्दै आएको छ।

    स्रोतः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend