images

२०८३ कार्तिक १४ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ कार्तिक १४ गते...

आजको राशिफलः २०८३ कार्तिक १४ गते शनिवार

आजको राशिफलः २०८३ कार्तिक १४ गते शनिवार

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाखो रहनुहोला।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखारता आउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ, मिहिनेत गर्नुहोला।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिका लागि जग बसाउने समय छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पछिका लागि खर्चनुपर्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। दिगो योजनाका लागि ऋण, कर्जा लिनुपर्ने हुन सक्छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। पछिका लागि गरिएको मेहनत र लगानीले फाइदा दिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। सञ्चित धन खर्चनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिगो काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

    बृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्नेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन नसकिएला।

    मकर
    भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

    पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। मुद्दामा विजय प्राप्त हुनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend