images

२०८३ कार्तिक १४ गते

images
images
images

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • भोजपुर, १४ कात्तिक । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो ।

    images
    images

    जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन् । तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले धानबालीमा क्षति पुग्न थालेपछि किसानको मेहनत खेर जाने चिन्ता बढेको छ । वर्षाका कारण खेतमा पाकेको धान ढलेको छ भने काटेर राखेको धान भिज्ने र दाना झर्ने जोखिम बढेको किसानले बताएका छन् ।

    टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तरको वर्षाले पाकेको धान खेतमै ढल्न थालेको बताएका छन् । “खेतमा धान पहेँलपुर भएर पाकेको छ । बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पाकेको धान ढलेको छ । अझै पानी परिरहेमा धानबालीमा थप क्षति पुग्ने चिन्ता छ,” उनले भने ।

    images
    images

    धान भित्र्याउने मुख्य समयमा पानी परेपछि काट्ने, सुकाउने र घरमा थन्क्याउने काम प्रभावित भएको षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले बताएका छन् । 

    मौसममा आएको प्रतिकूलताका कारण किसानलाई खेतमा पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पु¥याउन कठिनाइ भएको उनको भनाइ छ । धान भोजपुरका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बालीमध्ये एक हो । वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्राउने समयमा मौसम प्रतिकूल हुँदा प्रभावित हुने देखिएको छ ।

    धान पाकेर काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन् । समयमै घाम लागेर खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्राउन नपाए उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend