images

२०८३ कार्तिक १४ गते

images
images
images

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • कञ्चनपुर, १४ कात्तिक । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदले यस वर्ष कञ्चनपुरमा १ दशमलव १९ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उनले बताएका छन्। 

    images
    images

    “जिल्लामा धानको उत्पादकत्वमा वृद्धि हँुदै गएकोे छ ।” सूचना अधिकारी साउँदले भने, “यस वर्ष मौसम अनुकुल हु्नु, उन्नत जातको बीउ बिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो ।” उनका अनुसार यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

    केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । “ज्ञान केन्द्रबाट हरेक वर्ष किसानका लागि उन्नत जाँतको बीउ अनुदानमा उपलब्ध हुँदै आएको छ ।” उनले भने, “सिञ्चित क्षेत्र पनि हरेक वर्ष विस्तार हुँदै गएको छ ।” उनका अनुसार ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिँचाइ (ट्युबेल) जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउदै आएको बताएका छन्। “गत वर्ष जिल्लामा किसानलाई ७५० बोरिङ उपलब्ध गराएको मा यस वर्ष ४९५ बोरिङ सिँचाइका लागि उपलब्ध छ ।” साउँदले भने,“जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उनले आधुकि कृषि यन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई पचास प्रतिशत अनुदानमा बीउ बिजन र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएका छौँ ।
     
    पछिल्लो समय कृषिमा प्रयोग हुने कृषि उपकरण र उन्नत बीउको उपलब्धताले खेती गर्न सहज भएका किसान बताउँछन् । “कमको लागतमा धान र गहुँ उत्पादन गर्न हामीलाई सहज भएको छ ।” कञ्चनपुरको बेदकोट नगरपालिका–७ का राजेश्वरी जोशीले भने, “नहरबाट सिँचाइ उपलब्ध नभएको ठाउँमा ज्ञान केन्द्रबाट आउने साना सिँचाइ (ट्युबेल)ले राहत भएको छ ।” सरकारले खेतीको समयमा रासायनिक मल सहज रूपमा उपलब्ध गराउनसके उत्पादकत्व अझै बढ्ने किसानको अपेक्षा छ । “खेती गर्नका लागि सबै कुरा सहज बन्दै गएको छ सरकारले रासायनिक मल समय मै उपलब्ध गराउनुपर्छ ।” यहाँका किसान हरिराम चौधरीले भने, “धान र गहुँ उत्पादनका लागि कञ्चनपुर अन्नभण्डार नै हो अहिले आधुनिकिकरणले किसानलाई खेतीगर्न सहज भएको छ ।”

    images
    images

    कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । कञ्चनपुरमा हाल साना सिँचाइ बाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।  

    विसं २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारको रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा खाद्य आपूर्ति हुने गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend