images

२०८३ कार्तिक १४ गते

images
images
images

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध,

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध,

कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौँ, १४ कात्तिक । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    images
    images

    यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ ।

    गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

    images
    images

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend