काभ्रेपलाञ्चोक, १४ कात्तिकः रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।
वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताएका छन् । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन् ।




.gif)



