images

२०८३ कार्तिक १४ गते

images
images
images

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सिँचाइका लागि विद्युत् सेवा विस्तार

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • सुनसरी, १४ कात्तिक । सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पु¥याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।

    images
    images

    नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब रु ३० करोडको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले विद्युतीय मोटरमार्फत कम खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाउने भएका छन् ।

    देवानगञ्ज गाउँपालिका–६ का कृषक हिरा मेहताले तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गर्दै आएको छ । विगत चार वर्षदेखि धानको बीउवृद्धि गर्दै आएका उनले यसअघि डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब रु ३०० खर्च हुने गरेको बताएका छन् । विद्युत्बाट सिँचाइ गर्दा प्रतिघण्टा रु ५० भन्दा कम खर्च हुने उनले जानकारी दिएका छन् ।

    images
    images

    गाउँपालिका–२ का अर्का कृषक रमेश मेहताले आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुट लगायतका बाली लगाउँदै आउनुभएको छ । डिजेल पम्पसेटबाट सिँचाइ गर्दा खर्च बढी लाग्ने र समयमै पानी लगाउन नसक्दा उत्पादनमा असर पर्ने गरेको उनले बताएका छन् ।

    सिँचाइका लागि नियमित खर्च गर्नुपर्ने भएकाले खेतीको लागत बढ्ने गरेको उनको भनाइ छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको कृषि विद्युतीकरण योजनाबाट किसानलाई राहत पुग्ने छ । उनले भने, आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब रु २०० तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    किसानको सिँचाइ खर्च घटाउने लक्ष्यसहित गाउँपालिकाले खेतखेतमा विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन कामलाई तीव्रता दिएको छ । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार आयोजना अन्तिम चरणमा पुगेको छ । बाँकी क्षेत्रमा विद्युत्का पोल गाड्ने र तार विस्तार गर्ने काम भइरहेको छ । आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी रहेको उनले बताएका छन् ।

    गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिएका छन् । हाल वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ भने अन्य क्षेत्रमा पनि काम अघि बढाइएको छ । आयोजना सम्पन्न भएपछि किसानले सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

    यसअघि गाउँपालिकाले सिँचाइका लागि किसानलाई विद्युतीय मोटर वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८३।८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने अब करिब ५० वटा वितरण गर्न बाँकी रहेको अध्यक्ष मेहताले बताएका छन् ।

    गाउँपालिकाको कृषि शाखाका अनुसार देवानगञ्जमा ६ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन् । यहाँ चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

    गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् । यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा काउली, बन्दा, ब्रोकाउली, टमाटर र करेलालगायतका तरकारी खेती हुने गरेको छ । विद्युतीय सिँचाइ सुविधा विस्तार भएपछि उत्पादन लागत घट्नुका साथै वर्षभरि खेती गर्न र कृषि उत्पादन बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend