रूपन्देही, १३ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सो पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले अभियानको उद्घाटन गरेका छन् ।
उनले पार्टीमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार अभियान अन्तर्गत सदस्यता तथा सङ्गठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ ।




.gif)



