images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • झापामा चार लाख ५१ हजारले पाए...

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • झापा, १३ कात्तिक । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ ।

    images
    images

    जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिएका छन् ।

    केन्द्रबाट प्राप्त भइसकेका एक लाख एक हजार ८४४ राष्ट्रिय परिचयपत्रको कार्ड वितरणका लागि तयारी अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका, काम विशेषले जिल्ला बाहिर रहेकाको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण हुन नसकेको रायमाझीले बताएका छन् ।

    images
    images

    “राष्ट्रिय परिचयपत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ”, उनले भने । चालु आवको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, तीन हजार ७७८ जनाको नागरिकता वितरण, चार हजार ४४८ जनाको नागरिकताको प्रतिलिपि वितरण, तीन हजार १३९ जनाको राहदानी वितरण र पाँच हजार ७३६ जनाको राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनका अनुसार नागरिकताको वंशजतर्फ तीन हजार ५३५ वटा, वैवाहिक अङ्गीकृततर्फ १८० वटा, अङ्गीकृत ४६ वटा, गैरआवासीय १६ वटा र जन्मसिद्ध आधारमा एउटा नागरिकता वितरण भएको छ । सर्वसाधारणलाई छिटो, छरितो र सरल ढङ्गले सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन् ।

    राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो अवधिदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि र बिदाका दिन सेवा दिएर पुराना आवेदनलाई शून्यमा झारिएको छ । हाल आजको आजै आवेदन दिने र वायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिएका छन् ।

    सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयमा सेवाग्राही अनुकूलका भौतिक संरचना निर्माण गरिएका छन् भने सहायता कक्षलाई व्यवस्थित तुल्याइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend